images
images

आज र भोलि मौसम सफा हुने, मङ्गलबार तीन ओटा प्रदेशमा बदली र हिमपातको सम्भावना

आज र भोलि मौसम सफा हुने, मङ्गलबार तीन ओटा प्रदेशमा बदली र हिमपातको सम्भावना

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • आज र भोलि मौसम सफा हुने, मङ्गलबार तीन ओटा प्रदेशमा बदली र हिमपातको सम्भावना
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

    आज र भोलि देशभर मौसम मुख्यतया सफा रहने छ । मङ्गलबार  देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

    त्यस्तै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार