images
images

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित
    images
    images

    काठमाडौँ / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मेनुका कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ बार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन)ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    यसअघि नाफिजको उपाध्यक्ष रहेकी कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । 

    नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । 

    निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए । 

    त्यस्तै, महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् ।

    उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।  विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन)ले ८३ मत ल्याएका थिए । 

    यसैगरी, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए । 

    नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रूपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार