images
images

चेम्बर र युएनडीपी बिच सहकार्य, दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणमा अघि बढ्ने

चेम्बर र युएनडीपी बिच सहकार्य, दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणमा अघि बढ्ने

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • चेम्बर र युएनडीपी बिच सहकार्य, दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणमा अघि बढ्ने
    images
    images

    काठमाडौं/  नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । 

    कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका थिए ।
     
    निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

    प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलका साथै जोेखिम न्यूनिकरण गर्नेबारे समेत प्रतिवद्धता जनाईएको छ । 

    चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने दाबी गरिएको छ । 

    राष्ट्रसंघीय एजेन्सीसंग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

    युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

    नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको उनले बताए । 


    निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । 

    नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तन विरुद्ध चेम्बरसंग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ । 

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार