images
images

सहकारी ठगहरु आकाश पाताल जहाँसुकै भएपनि जोगिने अवस्था छैन - सूर्य थापा

सहकारी ठगहरु आकाश पाताल जहाँसुकै भएपनि जोगिने अवस्था छैन - सूर्य थापा

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • सहकारी ठगहरु आकाश पाताल जहाँसुकै भएपनि जोगिने अवस्था छैन - सूर्य थापा
    images
    images

    काठमाडौं/  सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् । 

    उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए । 
    ‘म तपाईँहरुलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । 
    प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’– उनले भने ।
     
    साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । 

    ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए । 

    त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको नेता थापाको भनाइ छ । उनले अनुसन्धान अधिकारीको सहमतिको राहदानी विभागले जिबीको पासपोर्ट रोक्का गरेको बताए । थापाले सरकार जिबीलाई नेपाल ल्याउने प्रक्रियामा लागिरहेको पनि बताए । 


    ‘पहिले सहकारी ठगी वा ठगीको विषयमा मात्रै राहदानी रद्द हुने विषय थिएन । अहिले संगठित अपराधमा पनि मुद्दा अगाडि बढिसकेपछि अनुसन्धान गर्ने अनुसन्धान अधिकारीको सहमतिमा अहिले उनको पासपोर्ट रद्द गर्ने र उनलाई ल्याउने र कारकाहीको दायरामा प्रस्तुत गर्ने प्रकृया अगाडि बढेको छ । यद्यपि उनलाई नेपाल ल्याइसकिएको छैन,’– उनले भने ।

    साथै, संसदीय विशेष समितिका केही सदस्यहरुले आफ्नो कर्तव्यबोध नै नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उक्त समितिमा पाँच दलका सात जना सदस्य रहेको र सर्वसम्मतिमा प्रतिवेदन पास भएको बताउँदै उनले सो प्रतिवेदन कुनै व्यक्ति केन्द्रीत भयो भन्नु शोभनीय नहुने बताए ।

     
    ‘यो प्रतिवेदन आएपछि केही मान्छेहरुमा कर्तव्य बोधको समस्या देखापरेको छ । 

    समितिमा हामी पाँच पार्टीका सात जना थियौं । सातै जनाको सर्वसम्मतिमा त्यो प्रतिवेदन तयार भएको हो । अहिले प्रतिवेदन एक जना व्यक्तिमाथि केन्द्रीत भयो भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो तुवाँलो सिर्जना गर्ने काम भएको छ,’– उनले भने । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा  पक्राउ गरिएको उनको भनाइ छ । 

    प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।

    रास्वपाले सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु अनैतिक, अराजनीतिक र गैरजिम्मेवार रहेको उनले बताए । उनले सरकारले कसैप्रति पनि प्रतिशोध नसाँधेको जिकिर गरे । 

    ‘प्रतिवेदन कार्यान्वयन गर्न आफैं ताली बजाएर निर्देशन दिने । 

    अनि प्रतिवेदन कार्यान्वयन गरिरहँदा ठाउँ–ठाउँमा जुलुस प्रदर्शन गरेर अवरोध गर्ने । यो चाहीँ अनैतिक, अराजनीतिक र गैरजिम्मेवार तरिकाले गर्दा यो अनुसन्धानको काममा केही ढिलो भयो । अदालतले अनुमति दिएर पक्राउ पुर्जी जारी भएको छ । म्याद थप भएको छ,’– थापाले भने । 

    कानुनले तोकेको समयसीमाभित्र सरकारी वकिलकोे तर्फबाट प्रहरी अनुसन्धानमा आधारित भएर अदालतमा अभियोग जाने र त्यसपछि को ठग हो कि होईन भनेर अदालतले नै निर्क्यौल गर्ने उनको भनाइ छ । 

    ‘बाँकी कुरा को ठग हो, को होईन, को दोषी हो हाईन ? अदालतले प्रमाणका आधारमा निर्णय गर्छ । 

    कसैका भावना, हाँसो र आँसुको आधारमा होईन, अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ । तथ्य प्रमाणले पुष्टि गरे ठग हुन्छ, होईन भने छुट्छ,’– रास्वपा सभापति लामिछानेलक्षित गर्दै थापाले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार