images
images

बिहीबार कलश स्टक मार्केट कारोबार रकममा पहिलो

बिहीबार कलश स्टक मार्केट कारोबार रकममा पहिलो

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • बिहीबार कलश स्टक मार्केट कारोबार रकममा पहिलो
    images
    images

    काठमाडौँ / कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नं ७४) ले बिहिबार कारोबार रकमको आधारमा प्रथम पटक पहिलो भएको छ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोबार तथ्याङ्कअनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोवार गर्ने दलालहरूमध्ये कारोवार रकमको आधारमा प्रथम पटक पहिलो भएको हो । 

    उक्त दिनमा ब्रोकरले ४५ करोड ९ लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए । 

    नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त उक्त ब्रोकरले भदौ १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । 

    कम्पनीले आफ्ना ग्राहकहरूलाई सर्वसुलभ र प्रविधिमैत्री रूपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारी बताउँछन् । 

    कम्पनीले हाल काठमाडौँ- १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार