काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय कायम भएको छ ।
गत शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार पाँच सयमा कारोबार भएको आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।