काठमाडौँ / सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो । आज छापवाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँबाट बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ७ सय ९५ रुपैयाँ पर्नेछ ।