images
images

इसेवाले भन्यो – ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित छ

इसेवाले भन्यो – ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित छ

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • इसेवाले भन्यो – ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित छ
    images
    images

    काठमाडौँ / नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ग्राहकहरूको रकम पूर्ण रूपमा सुरक्षित रहेको प्रष्टीकरण दिएको छ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि अनलाइन समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको समाचार प्रकाशित भएपछि मङ्गलबार एक विज्ञप्ति जारी गर्दै इसेवा सुरक्षित रहेको प्रष्टीकरण दिएको हो । 

    भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरूको पछि नलाग्न आग्रह गर्दै कम्पनीले विज्ञप्तिमा भनिएको छ, “केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरूले इसेवा प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको छ ।” 

    इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको कम्पनीको दावी छ । सर्वप्रथम  इसेवालगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू त्था मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था छैन । 

    भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । 

    यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ ।”  आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न इसेवाको आग्रह छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार