images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : कहाँ कहाँ छ बर्षा, हिमपात, हुस्सु र कुहिरोको सम्भावना ?

आगामी तीन दिनको मौसम पूर्वानुमान : कहाँ कहाँ छ बर्षा, हिमपात, हुस्सु र कुहिरोको सम्भावना ?

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कहाँ कहाँ छ बर्षा, हिमपात, हुस्सु र कुहिरोको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हल्कादेखि मध्यम बर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै, भोलि सोमबार कोशी प्रदेश र बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । 

    तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । यसैगरी, गण्डकी प्रदेशको हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

    मङ्गलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । अन्य मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशको तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । 

    आगामी २४ घण्टाको मौसम 

    आज कर्णाली  प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा  सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको समेत  सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने देखिन्छ । 

    साथै, बिहानको समयमा तराई तथा उपत्यकारखोँचहरूमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार