काठमाडौं/ सरकारी स्वमित्वमा रहेको नेपालकै ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले व्यवसायिक मात्रै होइन संस्थागत सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आइरहेको छ । टेलिकमले शिक्षा, स्वास्थ्य, तथा वातावरणिय क्षेत्रमा समेत विशेष योगदान गर्दै आइरहेको कम्पनीको तथ्यांकमा देखिन्छ ।
टेलिकमले बृद्ध बृद्धा, बालबालिका वा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि निशुल्क सेवा तथा बस्तु उपलब्ध गराउँदै आएको छ । यस्तैगरी गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लिएर टेलिकम पुग्यो ।
यस्तै, असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।
व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धतालाई पनि ध्यान दिएको देखिन्छ । कम्पनीले विगतका आर्थिक वर्षहरुदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।
प्रवक्ता ढकालका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरु यस्ता छन्ः
हरियाली संरक्षण तथा वृक्षरोपणः
नेपाल टेलिकमले काठमाडौँको माइतीघरदेखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए।
विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरणः
नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ।
देशभरका २० जिल्लाका १र१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री Sanitary Pad Vending Machine (With Sanitary Pads) उपलब्ध गराइएको छ । वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोगः
सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम,फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरेको जनाएको छ ।
अस्पतालमा बेड कम चेयर वितरणः
नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ।
विद्यालयमा इन्टरनेट सेवाः
नेपाल टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले FTTH सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० MBPS गतिको FTTH इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ ।
त्यसैगरी FTTH सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि Namaste Wi-Fi (WBB) राउटर सहितको 4G इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ।
SEE तयारी गरिरहेका विद्यार्थीलाई सहयोगः
नेपाल टेलिकमले आउँदै गरेको SEE परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट निस्शूल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ।
यस्तैगरी फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको निःशूल्क प्रिपेड सिमकार्ड वितरण
(नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको
सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निः शूल्क कलर रिङ्गटोनको प्रसारण कार्य
(गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा
सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु निस्शूल्क Bulk SMS मार्फत प्रवाह जस्ता रहेका छन् ।