काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत धनेश्वर प्रसाईलाई घुससहित पक्राउ गरेको छ। काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वरलाई अख्तियारले ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।
उनले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।