images
Logo
images
images
images

नेपालमा पहिलोपटक खुल्यो इभी मार्ट, सबै ब्राण्डका स्कुटरहरू पाइने

नेपालमा पहिलोपटक खुल्यो इभी मार्ट, सबै ब्राण्डका स्कुटरहरू पाइने

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • नेपालमा पहिलोपटक खुल्यो इभी मार्ट, सबै ब्राण्डका स्कुटरहरू पाइने
    images
    images

    ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरू) स्कुटरहरू पाइने इभी मार्ट खुलेको छ । अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरू भएको ब्राण्डहरूको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । 

    एक कार्यक्रमकाबिच उनले भने, “अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरूम खोलेका छौँ ।”
     
    यहाँ बिक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरूले पनि सम्पर्क गर्न सक्नेछ । 

    शोरूम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए । 

    ललितपुरमा ईभी स्कुटरहरूको ग्राहकहरू निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकहरूको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरू बिक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले बताइन् । 

    नयाँ वर्षको अवसरमा हामीले "S-WAY PRO" मोडलमा स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार