काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मङ्गलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, मङ्गलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलबार घटेर तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।