images
images

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल तराईका थोरै स्थानहरूमा हुस्सु लागेको अवस्था छ । आज शुक्रबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभाग र पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले जनाएको छ । 

    त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा बदलीको सम्भावना छ । 

    यसैगरी, शनिबार दिउँसो देशभरको मौसम सामान्यतयाः सफा रहने भए पनि राति आंशिक बदलीको सम्भावना रहेको छ । 

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार