काठमाडौँ / चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित अन्य जिल्लाहरूमासमेत महसुस भएको छ ।
लामो समयपछि काठमाडौँ र आसपासका केही जिल्लाहरूमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे विवरण भने आइसकेको छैन ।