काठमाडौँ / देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेश को तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सुरकुहिरो अपराह्नपछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भूभागका धेरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ ।
आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हुस्सु र कुहिरोको प्रभावले तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।