काठमाडौँ / भृकुटी मण्डप काठमाडौँमा जारी नेपाली ब्रान्डका जुत्ताको ‘बम्पर सेल मेला’ अझै एक महिनासम्म चल्ने भएको छ । पुस ९ बाट सुरु भएको उक्त मेला अझै एक महिनासम्म चल्ने भएको हो ।
नेपाली उत्पादनलाई प्रोत्साहित र प्रवर्द्धनका लागि एकै छानाबाट विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू सस्तो र सुलभ मूल्यमा उपलब्ध गराएको आयोजकको दावी छ । मेलामा ग्राहकहरूको रोजाइअनुसार १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा रहेको आयोकले जानकारी दिएको छ ।
मेलामा स्पोर्टस तथा छालाका आकर्षक, गुणस्तरीय र टिकाउ किसिमका जुत्ता–चप्पलहरू उपलब्ध छन्। नेपाली बजारमा अहिले ८० प्रतिशत नेपाली ब्रान्डले नै धानेको नेपाली जुत्ता चप्पल उत्पदकहरूको अनुभव छ।