काठमाडौँ / मङ्गलबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुन तोलामा १ लाख ६० हजार १ सय रुपैयाँ थियो । मङ्गलबार भने घटेर १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको भाउसमेत तोलामा १५ रुपैयाँले घटेको हो । यसअघि तोलामा १ हजार ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाउ घटेर आज १ हजार ८ सय ३५ रुपैयाँमा झरेको हो ।