सन् २०२५ को भ्यालेन्टाइनको अवसरमा सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनमा प्राइस् ड्रप तथा बोनस फ्रि गिफ्टलगायतका अफरहरू सार्वजनिक गरेको छ । फोल्डेनबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तर्क्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो । ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात भएको कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्न यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि)मा अफर ल्याएको हो ।
आफ्नो प्रियजनहरूलाई गिफ्टको रूपमा खरिद गर्न चाहेका ग्राहकहरूले सो खरिदमा २५ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नु हुने छन् ।
कम्पनीले जेड फोल्ड ६ – १२/५१२ जीबीको नयाँ मूल्य २ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । पुरानो मूल्य भने २ लाख ४९ हजार ९९९ रुपैयाँ थियो । जेड फोल्ड ६ – १२/२५६ जीबीको नयाँ मूल्य २ लाख ३४ हजार ९९९ रुपैयााबाट घटेर २ लाख १४ हजार ९९९ रुपैयाँ, जेड फ्लिप६ – १२/२५६ जीबीको फोनको मूल्य १ लाख ५४ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ३९ हजार ९९९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एस२४ अल्ट्रा – १२/२५६ जीबीको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम भएको छ ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट तपाईँले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्नुहुन्छ । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रूपमा तपाईँलाई केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।