images
images

रास्वपा सांसदहरूको अवरोधबीच सभामुखले चलाए संसद

रास्वपा सांसदहरूको अवरोधबीच सभामुखले चलाए संसद

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • रास्वपा सांसदहरूको अवरोधबीच सभामुखले चलाए संसद
    images
    images

    काठमाडौँ / सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् ।

    सभामुख घिमिरेले दलगत रूपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरू यथास्थानमा उभिरहे । पछि उनीहरू १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।

    बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो ।

    रास्वपाका सांसदहरूको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरूले भने नाराबाजी गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार