काठमाडौँ / गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् ।
उनले मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर फिरादपत्र दर्ता गराएकी हुन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति-पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।
विष्णु सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैँअगाडि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेला-महोत्सवमा व्यस्त छिन्।
पछिल्लोसमय एलिनाको दाम्पत्य जीवनमा समस्या रहेको भन्दै चर्चा हुने गरेको थियो । यद्यपि, एलिनाले भने उक्त कुरा अस्वीकार गर्दै आएकी थिइन् ।