images
images

टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो जारी, सयभन्दा बढी नवीन परियोजना

टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो जारी, सयभन्दा बढी नवीन परियोजना

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो जारी, सयभन्दा बढी नवीन परियोजना
    images
    images

    काठमाडौँ / काठमाडौँको चावाहिलस्थित टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ जारी छ । पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार उद्घाटन गरेको एक्स्पोमा टेक्सास एजुकेसन नेटवर्कका सदस्य, सूचना प्रविधिमा विशेष चासो राख्ने व्यक्ति, विद्यार्थी, उद्योगी, शिक्षाविद्लगायतको उपस्थिति छ ।  

    सूचना प्रविधिबारे चासो राख्नेहरूका लागि उत्कृष्ट गन्तव्य बनेको एक्स्पो अवलोकनका लागि विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले जानकारी दिए ।

    उनले भने, “एक्स्पो अवलोकनसँगै विद्यार्थीले सूचना प्रविधिका बारेमा छलफल तथा अन्तर्क्रियामा सहभागिता जनाएका छन् ।” 

    विज्ञान र आइटी एक्सपोमा सयभन्दा धेरै नवीन परियोजनाहरू अन्वेषण गरिएका छन् । 

    News texas (3).jpeg

    एक्सपोमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ खोज अनुसन्धानको विषयमासमेत जानकारी गराइएको छ । एक्सपोमा विभिन्न रोमाञ्चक खेलहरू संलग्न गरिएका छन् । एक्सपोमा सहभागी विद्यार्थीहरूले बनाएका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखेका छन् । 

    टेक्सास इन्टरनेशनल कलेजले रचनात्मकता, नवीनता र नयाँ कुरा सिकाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।  सोही क्रमलाई निरन्तरता दिँदै कलेजले साइन्स एण्ड आइटी एक्स्पो आयोजना गरेको हो ।

    सूचना प्रविधिको क्षेत्रमा रुचि राख्ने र केही गर्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहित गर्नका लागि एक्स्पोको आयोजना गरेको कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर पोखरेलले बताए । 

    News texas (2).jpeg

    यसले टेक्सास प्रयोगात्मक शिक्षामा विश्वास गर्छ भन्ने कुरालाई पुष्टि गर्ने उनको भनाइ छ । शुक्रबारसम्म चल्ने एक्स्पोमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रविन्द्र ढकाल, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सल्लाहकार तथा आइटी विज्ञ डा शालिकराम पराजुली, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा क्यान महांसघका उपाध्यक्ष चिरञ्जीवी अधिकारी, टेक्सासका संरक्षक प्रा डा केशव कुमार श्रेष्ठ, एकेडेमिक प्रमुख प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ, अनुसन्धान विभाग प्रमुख प्रा डा सतिस कुमार ओझालगायतका विज्ञहरूको समेत उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार