काठमाडौँको चावाहिलस्थित टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ आज पनि जारी छ ।
पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार उद्घाटन गरेको एक्स्पो आजसम्म चल्नेछ ।
टेक्सास एजुकेसन नेटवर्कका सदस्य, सूचना प्रविधिमा विशेष चासो राख्ने व्यक्ति, विद्यार्थी, उद्योगी, शिक्षाविद्लगायतले अवलोकन गरेको एक्स्पोमा विद्यार्थीहरूले बनाएका सयभन्दा बढी नविन प्रविधिहरू छन् ।