images
images

सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् ।

    images
    images

    सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कतिपय कानूनहरू आवश्यक भए पनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् ।

    उनले भने, “यदि कानून बनाउने हो भने, कानून आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस् । कानून बनाउन हामी सहयोग गर्छौं भनेका थियौं । ढिलै भए पनि संसद बोलाइएको छ । तर नियमित प्रक्रियाबाट कानून बनाओस् त्यसमा छलफल गरौँला । कतिपय कानूनहरू पनि आवश्यक छन् । स्वभाविक कुरा हो जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरूमा अध्यादेशमार्फत शंसोधन भएको छ । तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरूहरूले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।” 

    साथै उनले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार