images
images

हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान : स्वस्थ्यका लागि रोमाञ्चक चुनौती र आकर्षक उपहार

हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान : स्वस्थ्यका लागि रोमाञ्चक चुनौती र आकर्षक उपहार

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान : स्वस्थ्यका लागि रोमाञ्चक चुनौती र आकर्षक उपहार
    images
    images

    काठमाडौँ / नेपालकै अग्रणी एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि रोमाञ्चक अभियान ल्याएको छ । कम्पनीले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै 'Transform with Hilife' नामक रोमाञ्चक अभियान ल्याएको हो । 

    उक्त अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ । 

    स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गरेको छ ।  जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । 

    पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्ज जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ । 

    चुनौतीहरू पूरा गर्दै, भिडियो बनाएर आफ्नो फेसबुक वा इन्स्टाग्राममा #Transformwithhilife, #Sayhitohealthylife जस्ता ह्यासट्याग राखेर हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा भाग लिन सकिन्छ ।  

    Gym Subscription, Fitness Watch, Blender, Zumba Classes, Hilife Goodies र अन्त्यमा, एक लाख वर्थको थ्रेडमेल जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जीउन चाहनेहरुलाई एक सुनौलो मौका रहेको कम्पनीको भनाई छ । 

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र हेल्दी लाइफको सुरुवात पनि गरिसकेका छन् ।

    स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीको दावी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार