आज विक्रम संवत २०८१ साल माघ ३० गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । पूर्णिमा तिथि, ३० घडी ५९ पला, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त प्रतिपदा । अष्लेषा नक्षत्र, ३२ घडी १६ पला, बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त मघा । सौभाग्य योग, ४ घडी ३१ पला, बिहान ८ बजेर ३४ मिनेट उप्रान्त शोभन । भद्रा करण, बिहान ७ बजेर ० मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त सिंह । आज स्वस्थानीव्रत समापन । देवघाटमा मकर स्नानमेल समाप्त । झापामा किचकबधमेला । देवघाट, हरिहर क्षेत्रको महा प्रायग्मा १२ वर्षेस्नान मेला समाप्त । राशिफल अनुसार तपाईँको समय कस्तो चल्दैछ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामूहिक कार्यमा मिल्नेछ। आफूले आँटेको काम नबन्न सक्छ । दोहोर्याएर गरेका काममा सफलता मिल्नेछ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन् । नयाँ काम सुरु गनुअघि अनुभवीहरुको सल्लाह लिनुहोला । साझेदारीमा गरिएको काममा विवादले सम्झौता भंग हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा लगनशीलताले रोकिएको काम बन्नेछ । रुचि भएको काम नमिल्न सक्छ । चिताएको काम बन्ने समय छ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। विशेष उपहार पाइएला । कृषि र पशुपालनबाट मनग्य आम्दानी हुनेछ । गरेका कामबाट छोटो समयमै फाइदा मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा भावनामा आएर कुनै पनि निर्णय नलिनुहोला । मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा तपाईँको मेहनतको फाइदा अरुले उठाउन सक्छन् । आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनमा बाधा आउनेछ। पहिलेका कमजोरी सुधार्न सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरुको साथले महत्त्वपूर्ण काम बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग व्यापारमा मनग्य लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। किनमेल र यात्रामा खर्च बढ्नेछ । मेहनतको तुलनामा उपलब्धि न्यून हुनेछ । महत्त्वाकांक्षी योजना सुरु गर्न केही समय पर्खनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम सुरु गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला। भौतिक साधन जट्दा दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। यात्रा लाभदायी रहनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। नियमित कामबाट पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीले धेरै फाइदा लिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ। मिहिनेतले जिम्मेवारी दिलाउनेछ। प्रशंसायोग्य काम सम्पादन हुनेछ । कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। प्रयत्नले महत्त्वपूर्ण काम सम्पादन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा तपाईँको क्षमताको प्रशंसा हुनेछ । सानो प्रयासले महत्त्वपूर्ण काम बन्नेछ । कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरुको काममा खट्नु परे पनि फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लक्ष्य प्राप्तिका लागि कडा मेहनत गर्नुपर्ला । अरुको लागि श्रम र बुद्धि खर्च गर्नुहुनेछ। चुनौतीको सामना गर्नुपर्ला । दोहोर्याएर काम गर्नुपर्ने अवस्था आउनेछ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। आफ्ना विषयमा अरुले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा सुखद रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। दिन रमाइलो र उत्साहजनक रहनेछ। आफन्तबाट सहयोग मिल्नेछ। परपाहुनाका लागि खर्च बढ्नेछ । भौतिक साधन जोड्ने समय छ। सोख पूरा गर्न केही रकम खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले लाभ उठाउन सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साहसिक कार्य गर्ने समय छ। कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरुको कुरालाई वेवास्ता नगर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। मिहिनेतीहरूका लागि समय उत्साहजनक छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ। छिटो फाइदा लिन खोज्दा समस्या सिर्जना होला । अरुका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लगानी गर्नुअघि राम्रोसँग सोचविचार गर्नुहोस् । समयको मागअनुसार काम गर्न नसक्दा पछि परिनेछ ।