images
images

दश जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ? [पूर्णपाठ]

दश जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ? [पूर्णपाठ]

नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधारतर्फ लैजान अध्यादेश ल्याएका हौँ – प्रधानमन्त्री

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    दश जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ? [पूर्णपाठ]
    images
    images

    काठमाडौँ / आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् । 

    प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष  स्पष्टीकरण सोध्न नपाइने र एक मिनेट भित्र नै प्रश्न सोधिसक्नुपर्ने व्यवस्था गरिएको छ । सांसद्हरूको प्रश्नको जवाफ दिँदै प्रधानन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका थिए । 

    स्थानीय तहमा ५/१०/१५ बेडका अस्पतालहरू निर्माणाधीन रहेको र अस्पतालको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताका साथसाथै उनले नागढुङ्गा सुरुङ मार्ग २०८२ कार्तिकमा सक्ने लक्ष्य रहेको बताए । 

    उक्त सुरुङ मार्गको हालसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पर्ने लाइटिङ भ्यानटिलेसनहरूको कार्य भइरहेकाले निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको उनको जिकिर छ ।  

    विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्न लागेको समेत जानकारी गराए ।

    साथै, प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताए ।  

    कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरीहरूलाई निर्देशन दिएको पनि बताए । 

    यस्तै प्रधानमन्त्री ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताए । सहकारी ठगीमा चालु आर्थिक वर्षमा मात्र नेपाल प्रहरीबाट रु. ५ अर्ब ११ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए । 

    सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए । उनले चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताए ।

    आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको प्रधानमन्त्री ओलीको जिकिर छ। आफुहरूले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधारतर्फ लैजान अध्यादेश ल्याएको उनले बताए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार