images
images

प्रकृति लम्साल मृत्यु प्रकरणबारे प्रधानमन्त्री ओलीले भने- सरकारले कूटनीतिक तवरले बुझिरहेको छ

प्रकृति लम्साल मृत्यु प्रकरणबारे प्रधानमन्त्री ओलीले भने- सरकारले कूटनीतिक तवरले बुझिरहेको छ

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    प्रकृति लम्साल मृत्यु प्रकरणबारे प्रधानमन्त्री ओलीले भने- सरकारले कूटनीतिक तवरले बुझिरहेको छ
    images
    images

    काठमाडौँ / भारतीय कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । नेपाली विद्यार्थी लम्सालको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्री ओलीले चासो देखाएका हुन् । 

    सामाजिक सञ्जाल, संसद र आम नागरिकले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् नेपाली विद्यार्थी लम्साल मृत्यु प्रकरणबारे छानबिनको माग गरिरहँदा प्रधानमन्त्री ओलीले चासो देखाएका हुन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार