काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ सयले बढ्दा चाँदी भने स्थिर रहेको छ ।
आज छापावाल सुन तोलालामा १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ भने १ हजार ९७० रुपैयाँ पर्नेछ । यसअघि पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।