images
images

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबिच व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबिच व्यापार ऋण सम्झौता

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबिच व्यापार ऋण सम्झौता
    images
    images

    सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । 

    उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

    यस साझेदारीले सानिमा बैंकको  Trade Finance Serviceलाई महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ । सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक  एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 

    यस साझेदारीले नेपालकोे उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पु-याउनेछ । 
    यो प्रयास  Fossli Fuel मा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ । 

    सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार