काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।