काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि भने १ लाख ७० हजार रुपैयाँ कायम थियो ।
यता, चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९७० रुपैयाँ पर्नेछ ।