images
images

आक्रमक बजारीकरणमा जुटिरहेको मोटोरोला अब नेपाली बजारमा, चौधरी ग्रपले डिस्ट्रिब्युसन गर्ने

आक्रमक बजारीकरणमा जुटिरहेको मोटोरोला अब नेपाली बजारमा, चौधरी ग्रपले डिस्ट्रिब्युसन गर्ने

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    आक्रमक बजारीकरणमा जुटिरहेको मोटोरोला अब नेपाली बजारमा, चौधरी ग्रपले डिस्ट्रिब्युसन गर्ने
    images
    images

    काठमाडौँ / चौधरी ग्रुपले नेपाली बजारमा मोबाइल फोनको जन्मदाता मोटोरोला भित्र्याएको छ । विश्व मोबाइल बजारको पछिल्लो लय समाउँदै एक पछि अर्को सफल मोडलहरू बजारमा ल्याइरहेको मोटोरोलालाई अब चौधरी ग्रुपले नेपाली बजारमा डिस्ट्रिब्युसन गर्ने भएको हो । 

    images
    images

    मोवाइल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको यो मोवाइल फोन भित्र्याएसँगै नेपाली मोबाइल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ।

    अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढिरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरू आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । 

    कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोईट स्मार्टफोनको प्रिमियम अनुभूतिका लागि मोटोरोलाले स्टक एण्डरोइड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ । 

    मूल्यका आधारमा उच्चतम फिचरहरू प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ ।

    मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरू उतारेको हो । 

    जोशी भन्छन्, “मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन् । बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौँ। जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौँ ।”

    नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाईज जि स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हाँसिल गर्ने देखिन्छ ।

    मोटोरोलाका सबै फाईभ जि स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दावी गरेको छ ।

    नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाइन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् । चौधरी ग्रुपअन्तर्गतको सिजी मोबाइलले मोटोरोलालाई नेपाली बजारमा भित्र्याएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार