काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बिमाको सीमालाई पाँच लाखको पु¥याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडे पनि अहिले बिमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्याङ्कगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् ।
उनले भनिन्, “स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु-याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौँ भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन । यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्याङ्कगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौँ ।”