images
images

नेताहरूको साँठगाँठमा व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केवलकार’ पक्ष आन्दोलनमा

नेताहरूको साँठगाँठमा व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केवलकार’ पक्ष आन्दोलनमा

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    नेताहरूको साँठगाँठमा व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केवलकार’ पक्ष आन्दोलनमा
    images
    images

    काठमाडौँ / ताप्लेजुङ जिल्लाको पाथीभरामा केवलकार निमार्णको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    images
    images

    राज्यको मानवताविरुद्धको अपराध फुङलिङ काण्डको व्यानरमा नो केवुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत जनप्रदर्शन गरेको हो । 

    No ccabecar andolan.JPG

    प्रदर्शनकारीहरूले आफ्नो अनुहारमा नो केवुलकार, भुमी हमार हक भन्ने नाराहरू लेखेका थिए । 

    नो केवुलकार पक्षको समर्थनमा गएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मुक्कुमलुङलाई व्यापारीहरूको केन्द्र बनाउन खोजिएको बताए । 

    no cabelcar2.JPG

    उनले भने, “राज्यसत्ता आफैँले नेपालको परम्परामाथि हस्तक्षेप गरिरहेको छ । मुक्कुमलुङलाई नेताहरूको साटगाठमा व्यपारीहरूको केन्द्र बनाउन खोजिएको छ । यो देश पछाडिएको कारण देश चलाउनेहरूको भष्ट्रपनले हो ।”

    News.JPG

    यस्तै प्रदर्शनकारी अर्नुप चौधरीले राज्यसत्ताले आदिवासी, उत्पीडित वर्गको अनुहार पनि हेर्न नचाहेको र आवाज पनि नसुनेको भन्दै प्रतिरोधको रूपमा अनुहारमा नो केवुलकार भन्दै लेखेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार