काठमाडौं/ नागार्जुन नगरपालिका वडा ३ सिंगल ट्री स्थित डेरा गरी बस्ने मानिसले अबैध लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुली गोलञ्जोर गा.पा वडा नं. ५ घर भई हाल ऐ. सिंगल ट्री स्थित बस्ने वर्ष २६ को अर्जुन श्रेष्ठको कोठा खानतलासी गर्दा निजले लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारेको जनाएको छ ।
निजलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बरामद दसीहरुः
१. Diazepam - ५४० एम्पुल
२. PHENERGANE - ५२० एम्पुल
३. TALGESIC BUPRENORPHINE -५०० एम्पुल
४. Oppoकम्पनिको मोबाईल थान - १