काठमाडौं/ जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेशनल टुरिजम बोर्सी (आईटिवी) बर्लिन–२०२५ मा वल्र्ड टुरिजम एण्ड एभिएसन समिट–२०२५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । यसै अवसरमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले बताई ज्ञापन गरेको छ ।
नेपालको पर्यटन क्षेत्रका लागि अन्तर्राष्ट्रिय रुपमा यस किसिमको ठूलो सम्मान प्राप्त हुनु गौरवको विषय भएको अध्यक्ष अधिकारीले बताएका छन् ।
यस क्षेत्रमा अझै राम्रो कार्य गर्न निगम परिवारमा थप हौसला र प्रेरणा मिलेकोले आ–आफ्नो क्षेत्रबाट सकारात्मक नतिजा देखिने गरी कार्य सम्पादन गर्न हामी उत्साहित भएको प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।