images
images

पाथीभरा केबलकार निर्माणमा भएको अवरोधले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल

पाथीभरा केबलकार निर्माणमा भएको अवरोधले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    पाथीभरा केबलकार निर्माणमा भएको अवरोधले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल
    images
    images

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा भएको अवरोधले लगानीकर्ताको मनोबल घटाएको बताएका छन् । 

    images
    images

    महोत्तरीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना हुँदा लगानीकर्ताको मनोबल खस्किएको बताएका हुन् । 

    विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको उनको भनाइ छ । 

    केही राजनीतिक दल व्यक्तिहरूको कारणले केबलकार निर्माणमा बाधा पुगेको उनले बताए । गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनको भनाइ छ ।

    पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्‍याउनु गलत भएको अध्यक्ष ढकालले बताए । 

    यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जनामा समेत समस्या हुने उनले बताए । 

    अध्यक्ष ढकालले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै रोजगारीको अवसर सिर्जना हुने बताए । उक्त परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने उनको दावी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार