नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजाबादीहरुलाई लोकतन्त्रभित्रै ठाउँ खोज्न सुझाव दिएका छन् । इतिहासलाई उल्टो चक्र घुमाउन खोजेको बताउँदै यदि इतिहास फर्काउन खोज्ने हो भने क्रान्तिले एकपटक फेरि अघि बढ्ने बताए ।
फ्रान्समा राजतन्त्र सकिएको १७५ वर्षपछि पनि राजाबादीहरुले ठाउँ खोजिरहेको स्मरण गराउँदै राजाबादीहरुलाई जति प्रचण्डको अधिकार छ त्यति ज्ञानेन्द्रको भएको प्रर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले बताए ।
‘सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन सक्छन् भने त्यो भन्दा भ्रम केही हुन सक्दैनन् । हिजो टाउकाको मोल तोक्ने राजाबादीहरु आज संसदमै हुनुहुन्छ । यो भन्दा ठूलो लोकतन्त्र हुन सक्दैन ।
१०६ बर्ष भन्दा अघि समाप्त भएको रुसमा राजाबादीहरु अझै अस्तित्वमा छन् । त्यस्तै बुल्गेरिया लगायत देशहरुमा साना साना अस्तित्वमा छन् । तर, लोकतन्त्रको मुलभुत सिद्धान्त नमानेर आफ्नो बाटोमा हिडे क्रान्ति एकपटक फेरि हुनेछ, प्रचण्डले भने, बाहिरबाट लोकतन्त्रलाई जति चुनौति छ सत्तासिन साथीहरुबाट पनि त्यतिकै छ ।