काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
उनले ओलीको दुई तिहाई सरकारको घोडा कसले चलाएको छ ? जनतालाई पुरै थाहा भएको बताएका छन् । लोकतन्त्रको खतरा सत्तासिन तथा बाहिरबाट पनि रहेको अध्यक्ष प्रचण्डले बताए । सरकार ओलीले होइन विचौलियाले चलाएको छ, उनले भने । बेथिति र विक्रृति बढेको छ । जनतामा आक्रोश ज्यामितिय रुपमा बढेको सत्य हो । जथाभावी लाइसेन्स बेच्न नपाएको झोँकमा विद्युत प्राधिकरण सरकारको कोपभाजनमा परेको छ ।
अध्यक्ष प्रचण्डले लोकतन्त्रले ओलीकोजस्तो राजसी ठाँट स्वीकार गर्छ भन्दै प्रश्न समेत गरेका हुन्।
उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए । ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा, उनले भने ।
तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, प्रचण्डले भने ।
‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’