images
images

वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमा कसरी ?

वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमा कसरी ?

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमा कसरी ?
    images
    images

    काठमाडौं/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् । 
    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए ।
     
    उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । 

    images
    images

    राजावादीहरुको यो चहलपहलका पछाडी संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

    यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए । 

    उनले भने, ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस हुदैँछ । हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ । 

    सरकारको वेतिथि र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउदैँ लगेको छ । सरकारमा बसेका साथिहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरु विकल्प नै देख्न छाडेको हो ?।’ 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार