images
images

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्म जयन्ती सम्पन्न

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्म जयन्ती सम्पन्न

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    सरदार रुद्रराज पाण्डेको १२५औँ जन्म जयन्ती सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाली साहित्यका अग्रणी व्यत्तित्व महान साहित्यकार तथा समाज सुधारक सरदार रुद्रराज पाण्डेको १२५औं जन्म जयन्ती भव्य रूपमा मनाइएको छ ।

    images
    images

    रुद्रराज साहित्य सेवा समितिद्वारा आयोजित विशेष कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्य, शिक्षा, समाज सुधार तथा राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानको स्मरण गर्दै प्रा.डा. गार्गी शर्मालाई विशेष साहित्यिक सम्मान प्रदान गरिएको थियो ।

    पुरस्कार छनोट समितिकी अध्यक्ष हिरण्यकुमारी पाठकले प्रा.डा.गार्गी शर्माले नेपाली साहित्यमा पु-याएको योगदानबारे प्रकाश पारेका थिइन् ।

    त्यसैगरी डा. गौरीशंकर लाल दासले सरदार रुद्रराज पाण्डेको योगदानको उच्च प्रशंसा गर्दै उनको साहित्यिक र शैक्षिक योगदान नेपाली पहिचानको महत्त्वपूर्ण आधारशिला बनेको बताए । 

    साथै, उनले साहित्य, शिक्षा र सामाजिक सुधारका क्षेत्रमा योगदान गर्न सबैलाई प्रेरित पनि गरे । कार्यक्रममा रुद्रराज साहित्य सेवा समितिका संरक्षक कृष्णराज पाण्डेले सर्दार रुद्रराज पाण्डेको ऐतिहासिक योगदानबारे प्रकाश पार्दै नेपाली भाषा, साहित्य, र शिक्षाको उत्थानमा उनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । साथै, उनले सर्दार पाण्डेको शिक्षाप्रतिको दूरदृष्टि र समाज सुधारका प्रयासहरू अझै प्रेरणादायी रहेको बताए । 

    पुरस्कार छनोट समितिकी संयोजक हिरण्य कुमारी पाठकले पुरस्कृत व्यक्तित्व प्रा. डा. गार्गी शर्माको नेपाली साहित्यमा पु-याएको योगदानबारे जानकारी दिइन् । प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले उनलाई विशेष सम्मान प्रदान गर्दै नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा निरन्तर योगदानको प्रशंसा गरे ।

    सम्मान ग्रहण गर्दै प्रा. डा. गार्गी शर्माले आफ्नो मन्तव्यमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूको चर्चा गर्दै, नयाँ पुस्तालाई लेखनमा प्रेरित गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

    कार्यक्रममा मधेश प्रदेशको बारा जिल्लाको मौवादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयको विस्तारका लागि सहयोग आवश्यक रहेको भन्दै सरदार रुद्रराज पाण्डेको पहलमा विद्यालयको स्थापना भएको इतिहास प्रस्तुत गरे । साथै उनले थप पूर्वाधार निर्माणका लागि समर्थन आवश्यक रहेको पनि बताए ।

    यसै अवसरमा भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।

    रुद्रराज साहित्य सेवा समितिका महासचिव डा. नील पाण्डेले स्वागत मन्तव्य राख्दै, सरदार पाण्डेका कृतिहरू डिजिटल रूपमा उपलब्ध गराउन धधध।चययऊबतष्।अयm।लउ वेबसाइट सञ्चालन गरिएको जानकारी गराए । उनले सरदार पाण्डेको लेखनलाई आधुनिक पुस्तामा पु¥याउन प्रविधिको प्रयोग आवश्यक रहेको पनि उल्लेख गरे ।

    कार्यक्रमको समापन मन्तव्य दिँदै रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष डा. बद्रीराज पाण्डेले सरदार रुद्रराज पाण्डेको योगदानलाई भावी पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले साहित्य, शिक्षा र समाज सुधारका लागि उनका आदर्शहरूलाई पछ्याउन आग्रह गरे । 

    नेपाली भाषा, साहित्य, शिक्षा र समाज सुधारका क्षेत्रमा सरदार रुद्रराज पाण्डेको योगदानलाई विभिन्न तरिकाले प्रकाश पार्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार