images
images

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबिच रणनीतिक साझेदारी

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबिच रणनीतिक साझेदारी

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबिच रणनीतिक साझेदारी
    images
    images

    काठमाडौँ /  भिसा (NYSE: V), विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले  'स्क्यान टु पे' सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । 

    images
    images

    नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन भिसाले फोनपेसँग सहकार्य गरेको हो । 

    सो सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ ।

    भिसा र फोनपेको यो 'स्क्यान टु पे' सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी त्तच् व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे QR स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। ।

    भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौँ ।” 

    यसैगरी फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी फोनपेको त्तच् योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताए ।

    उनले भने, “यसले विश्वभरका भिसा कार्डधारकहरूलाई QR भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ । भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत QR पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ । यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ ।” 

    नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक QR कोडले नेपालका लाखौँ व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ ।

    साना व्यवसायहरूले एइक् मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।

    भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो । यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार