images
images

म्यानमार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी, बेपत्ता र घाइते कति ?

म्यानमार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी, बेपत्ता र घाइते कति ?

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • म्यानमार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी, बेपत्ता र घाइते कति ?
    images
    images
    images
    images

    याङ्गुन / म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ। छ दिन पहिले ७.७ म्याग्नीच्यूटको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताए ।

    उनले भने, “हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com