images
images

म्यानमार र थाइल्याण्डपछि अब जापानमा शक्तिशाली भूकम्प

म्यानमार र थाइल्याण्डपछि अब जापानमा शक्तिशाली भूकम्प

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • म्यानमार र थाइल्याण्डपछि अब जापानमा शक्तिशाली भूकम्प
    images
    images
    images
    images

    टोकियो / म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।

    मंगलबार राति पनि जापानको क्युशु टापुमा पनि भूकम्प गएको थियो । यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो।  भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन। 

    हालै म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दुवै देशमा धेरै क्षति पुर्‍यायो। म्यानमारमा मृत्यु हुनेको सङ्ख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्। 

    म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको छ । 

    छ दिन पहिले ७.७ म्याग्नीच्यूटको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com