images
images

आजको मौसम : काठमाडौं उपत्यकामा झरी, देशका अन्य क्षेत्रमा कस्तो छ ?

आजको मौसम : काठमाडौं उपत्यकामा झरी, देशका अन्य क्षेत्रमा कस्तो छ ?

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • आजको मौसम : काठमाडौं उपत्यकामा झरी, देशका अन्य क्षेत्रमा कस्तो छ ?

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा ९ब्हष्क या तजभ(Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। अहिले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । 

    नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले यस्तो भएको मौसम विभागले जनाएको छ । 

    गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै मौसम विभागले सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। 

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभाले अनुरोध गरेको छ । 

    यस्तो तीनदिने मौसम

    २०८० भदौ ०७ गते (बिहिबार)

    दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    २०८० भदौ ०८ गते (शुक्रबार)

    दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

    रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

     

    २०८० भदौ ०९ गते (शनिबार)

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

    रातीस् देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार