images
images

तीन विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

तीन विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • images
    images
    तीन विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

    काठमाडौँ / तीन विकास बैंकले संस्थापक शेयर बिक्री खुलेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्री खुलेको हो । 

    images
    images

    शाइन रेसुङ्गाले २० हजार कित्ता, सांग्रिला डेभलपमेन्टले ३ लाख ३४ हजार ८७४ कित्ता र एक्सेल डेभलपमेन्टले १६ हजार २७५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन । 

    तीन विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरको प्रतिकित्ता मूल्य १४५ तोेकेको छ भने अन्य दुई कम्पनीहरूले भने शेयरको मूल्य खुलाएका छैनन् ।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विक्रीमा ल्याएको शेयर खरीद गरेका शेयरधनीहरूले भदौ ८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने जानकारी समेत दिएको छ । 

    भदौ ८ गतेदेखि बिक्रीमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि भदौ १७ गतेसम्म आवेदन दिनुपर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटदल लिमिटेड रहेको छ । 

    अन्य दुई कम्पनीको शेयर खरीदका लागि आगामी १५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार