images
images

भारतदेखि अमेरिकासम्मको चुइगम थुक्छन् नेपाली !, १ महिनामै बाहिरियो २ करोड रुपैयाँ

भारतदेखि अमेरिकासम्मको चुइगम थुक्छन् नेपाली !, १ महिनामै बाहिरियो २ करोड रुपैयाँ

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • भारतदेखि अमेरिकासम्मको चुइगम थुक्छन् नेपाली !, १ महिनामै बाहिरियो २ करोड रुपैयाँ

    काठमाडौँ / न त छाक टर्ने, न त पेट भरिने। नखाए पनि हुने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ।

    images
    images

    अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ ।

    देशमा चुइगम नभई नहुने वस्तु अर्थात अति आवश्यक पर्ने वस्तु त होइन तर पनि हरेक बर्ष चुइगम आयातको लागि करोडै रकम बाहिरिने गरेको छ । 

    चालु आर्थिक बर्षको पहिलो पहिलो एक महिनामा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा २ करोड १४ लाख १८ हजार रुपैयाँको चुइगम भित्रिएको हो।

    गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट चुइगम खरिद बापत ५१ करोड १७ लाख ६७ हजार रुपैयाँ बाहिर गएको थियो ।

    नेपालमा सबैभन्दा बढी भारतबाट २ करोड ७ लाख ८८ हजार रुपैयाँ बराबरको चुइगम आयत भएको छ । त्यस्तै, युकेबाट ४८ हजार, अमेरिकाबाट एक हजार र अन्य विभिन्न देशहरूबाट ७ लाख २५ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।

    गत आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै नेपालको वैदेशिक व्यापार घाटा भएको थियो । यस्तै, चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँभन्दा धेरै व्यापार घाटा भएको छ । 

    यस्तो रह्यो पहिलो महिनाको वैदेशिक व्यापार

    आयात : १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार (१.५६ प्रतिशत गिरावट)

    निर्यात : १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार (८.६५ प्रतिशत गिरावट)

    व्यापार घाटा : १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार (०.६६ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापार : १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २६ हजार (२.२८ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५२ (०.७४ प्रतिशत वृद्धि )

    वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४८ (६.५२ प्रतिशत गिरावट)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार