images
images

सात महिनामा वाणिज्य बैंकहरूले कमाए ३६ अर्ब नाफा, नेपाल बैंकको नाफा सर्वाधिक बढ्दा एनआइसी एशियाको घट्यो, कुनको कति ?

सात महिनामा वाणिज्य बैंकहरूले कमाए ३६ अर्ब नाफा, नेपाल बैंकको नाफा सर्वाधिक बढ्दा एनआइसी एशियाको घट्यो, कुनको कति ?

आर्थिक मन्दीका कारण कर्जाको डिमाण्ड नहुँदा तथा व्यवसाय विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको मुनाफामा उल्लेख्य बृद्धि नभएको हो ।

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • images
    images
    सात महिनामा वाणिज्य बैंकहरूले कमाए ३६ अर्ब नाफा, नेपाल बैंकको नाफा सर्वाधिक बढ्दा एनआइसी एशियाको घट्यो, कुनको कति ?
    images
    images


    काठमाडौँ / चालु आर्थिक बर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूको नाफा १.६२ प्रतिशतले बृद्धि भएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत माघसम्म यी बाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए । 

    चालु आर्थिक बर्षको सात महिनासम्म ९ ओटा बैंकको नाफा बढेको छ भने बाँकी ११ ओटाको घटेको छ । यस अवधिमा नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र प्रभु बैंकको नाफा बढेको छ ।

    यता, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

    खराब कर्जा बढेसँगै बैंकहरू पुराना ऋण उठाउन केन्द्रित हुँदा नाफा बढ्न नसकेको देखिन्छ । यसैगरी, आर्थिक मन्दीका कारण कर्जाको डिमाण्ड नहुँदा तथा व्यवसाय विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको मुनाफामा उल्लेख्य बृद्धि नभएको हो ।

    कुन बैंकको नाफा कति ? 

    सात महिनामा सबैभन्दा बढी नाफा बढाउने बैंकमा नेपाल बैंक अग्रस्थानमा छ । माघ मसान्तसम्म यो बैंकको नाफा १५६.३१ प्रतिशतले बढेको हो । यसैगरी, सबैभन्दा बढी नाफा बढाउने बैंकमा दोस्रो स्थानमा प्रभु बैंक छ । यो बैंकको नाफा ९७.७८ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बैंकको नाफा ४५.०१ प्रतिशतले बृद्धि भएको छ । 
    माघ मसान्तसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ ।

    नाफा रकम ०.६२ प्रतिशतले मात्रै बृद्धि गरेको भए पनि नबिलको नाफा सबैभन्दा धेरै ४ अर्ब ११ करोड रुपैयाँ छ । ग्लोबल आइएमईले भने यस अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ । 

    यता, सबैभन्दा बढी नाफा एनआइसी एशिया बैंकको घटेको छ । यो बैंकको नाफा ७८.३१ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको नाफा ४९.१६ प्रतिशतले घटेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    note.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार