images
images

माछापुच्छ्रे बैंकले ल्यायो 'प्रायोरिटी एयरपोर्ट लाउन्ज' पास सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो 'प्रायोरिटी एयरपोर्ट लाउन्ज' पास सुविधा

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • माछापुच्छ्रे बैंकले ल्यायो 'प्रायोरिटी एयरपोर्ट लाउन्ज' पास सुविधा

    काठमाडौँ / माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ।

    images
    images

    जसअन्तर्गत पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरी सरल र सहज तरीकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ लिन सक्ने बताइएको छ ।

    यो पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा भएको बैंकको भनाइ छ । 

    यसअन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरमा रहेका १४ सयभन्दा बढी विमानस्थलमा रहेका ‘एयरपोर्ट लाउन्ज’मा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ । 

    प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्जमा आराम गर्न र नि:शुल्क खाना तथा खाजाको आनन्द लिन, वाइफाइ सेवा प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधा प्रदान गर्ने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार